Thursday, April 16, 2026
worec
महिला स्वास्थ्य: प्रमुख तथ्यहरु
Ramesh Bhandari

Ramesh Bhandari (Author: Ramesh Bhandari)

Jul 27, 2021 | General

29
Views

नेपालमा १५ देखि ४४ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुकोे प्रमुख स्वास्थ्य समस्या यौन तथा प्रजनन् स्वास्थ्य हो ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

नेपालमा ६ लाख महिलाहरु पाठेघर खस्ने समस्याबाट ग्रसित छन् भने २ लाख महिलाहरुलाई तुरुन्त शल्यक्रिया गर्न जरुरी छ ।

‍(संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), २००५)

नेपालमा १५ देखि १९ वर्षका ४१% किशोरीहरुलाई मात्र नेपालमा गर्भपतन गर्न कानुनी मान्यता छ भन्ने बारे थाहा छ ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

हरेक वर्ष नेपालमा प्रति १ लाख जीवित जन्ममा २३९ महिलाहरुको सूत्केरी र गभावस्थामा मृत्यु भईरहेको छ ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

१५–४९ बर्ष उमेर समूहका गर्भवती महिलाहरुमध्ये १६% महिलाहरुले मात्र डाक्टर, नर्स वा अ.न.मी. जस्ता दक्ष प्रसुतीकर्मीहरुबाट गर्भवती सेवा पाएका छन् ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

स्वास्थ्य संस्थामा महिला स्वास्थ्य सेवा प्रदायक नहुँदा आफूलाई स्वास्थ्य सेवा लिन असहज महसुस हुने दुई–तिहाई महिलाहरुले बताएका छन् ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

त्यस्तै ५% महिलाहरुले उपचारको लागि पैसाको अभाव भएर स्वास्थ्य सेवा पाईरहेका छैनन् भने, ५३% महिलाहरु स्वास्थ्य संस्था टाढा भएको कारणले स्वास्थ्य सेवा प्राप्त गर्नबाट बञ्चित भइरहेका छन् ।

प्रजनन स्वास्थ्य समस्या समाधान गर्न सुझावहरु

  • महिला तथा किशोरी मैत्री सुरक्षित र गुणस्तरीयस्वास्थ्य सेवाको पहुँच तथा उपलब्धताको सुनिश्चितता गरिनु पर्छ ।
  • सबै किशोर किशोरीहरुलाई उमेर अनुसारको, तथ्यपरक र अधिकारमा आधारित बृहत्तर योनिकता शिक्षा प्रदान गरिनु पर्छ।
  • महिला तथा किशोरीमाथि हुने सबै प्रकारका लैंगिक विभेदमा आधारित हिंसा र भेदभावको अन्त्य गरिनु पर्छ ।
  • सुरक्षित गर्भपतन, रोकथाम गर्न सकिने प्रजनन् स्वास्थ्य समस्याहरुको बारेमा सचेतना कार्यक्रम यथाशिघ्र संचालन गरिनु पर्छ ।
  • महिला, किशोरी,LGBTIQ+, अपांगता भएका व्यक्तिहरु सबैको फरक किसिमको आवश्यकतालाई पहिचान गरि सोही अनुरुपको यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गरिनु पर्छ ।

 


0 Comments
Latest Comments
Upcoming Events
Editor's Pick
  1. Emergence and Practice of Feminist Knowledge in Nepal General
  2. Walls Turned Sideways Are Bridges Reports
  3. No Justice without Reparation: Why Rape Survivors Must Have a Right to Compensation General
  4. Child Marriage Prosecutions in India - Case Law Analysis of Actors, Motives and Outcomes 2008-2017 General
  5. Feminist Leadership best practices - Sangat Best Practices
Poll
(You need to be a general user to vote in the poll)
How do you rate the current version of feministresource.org?
Latest Discussions


worec
Samantha Hutchinson
ok
worec like 29th July